दफा ११
इजाजतपत्र रद्दी वा स्थगित गर्ने अधिकार
(१) सार्वजनिक शान्ति सुरक्षाको लागि आवश्यक देखिएमा प्रमुख जिल्ला अधिकारीले कारण सहितको पर्चा खडा गरी आफनो अधिकार क्षेत्र भित्रको सबै ठाउँमा वा त्यसको कुनै भागमा वा सबै वा केही इजाजतपत्र रद्दी वा स्थगित गर्न सक्नेछ ।
(२) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमबमोजिम कुनै इजाजतपत्रवालादोषी ठहरिएमा प्रमुख जिल्ला अधिकारीले निजको इजाजतपत्र रद्दी वा स्थगित गर्न सक्नेछ।
(३) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी नेपाल भर वा त्यसको कुनै भागमा रहेको सबै वा केही इजाजतपत्र रद्दी वा स्थगित गर्न सक्नेछ।